१३ भदौ २०८३, शनिबार | August 29, 2026

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने



नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई आज नेपालगन्जमा राखिने भएको छ । सुर्खेतमा पार्टी पुनर्गठनका लागि सुझाव संकलन भइरहेको स्थलबाट पक्राउ परेका उपाध्यक्ष पौडेललाई नेपालगन्ज हुँदै काठमाडौं लगिने बताइएपनि आज नेपालगन्जमा नै राख्न लागिएको प्रहरी स्रोतले उल्लेख गरेको छ ।

स्रोतका अनुसार पौडेललाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा राखिने छ । हवाई मार्गबाट काठमाडौं लैजाने तयारीका साथ सुर्खेतबाट नेपालगन्ज तर्फ ल्याइएपनि काठमाडौंका लागि सबै उडान उडिसकेका कारण आज नेपालगन्जमा नै बसाउन थालिएको स्रोतको दाबी छ ।

बाँके प्रहरी प्रमुख अँगुर जीसीले भने नेपालगन्जमा बास बसाउन थालिएको बारे अनविज्ञता प्रकट गरे । ‘नेपालगन्ज ल्याउँदै गरेको भन्ने सञ्चारमाध्यमबाट सुनेपनि यस बारे मलाई कुनै जानकारी छैन,’ प्रहरी उपरीक्षक जिसीले भने, ‘कर्णाली प्रदेश प्रहरीकै गण र तालिम केन्द्र बाँकेमा रहेका कारण त्यतै राख्ने तयारी होला ।’

वीरेन्द्रनगर नगरपालिका–३, स्थित शुभ होटलको सभा हलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रम चलिरहेको बेला प्रहरीले उनलाई कार्यक्रम स्थलबाटै साँझ ५ः४५ बजे नियन्त्रणमा लिएको थियो।

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गर्नु अघि काठमाडौँ भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलको कमाण्डमा खटिएको १० जनाको विशेष प्रहरी टोलीले उपाध्यक्ष पौडेललाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ९ : १६ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ