९ भदौ २०८३, मंगलबार | August 25, 2026

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

बिहीबार विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि पौडेलको हिरासत अवधि तेस्रो पटक थप्ने आदेश दिएको हो।

यसअघि अदालतले असार ९ गते पहिलो पटक ७ दिन र असार १५ गते दोस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। पछिल्लो आदेशसँगै अनुसन्धानका लागि उनको हिरासत अवधि थप ६ दिन लम्बिएको छ।

पौडेलको हिरासतविरुद्ध उनकी पत्नी दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उनले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी छन्।

उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। हाल न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।

यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले पौडेलको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतमा विचाराधीन व्यापारी दीपक भट्ट, सुलभ अग्रवाललगायतविरुद्ध दायर सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र तथा बीमा सम्बन्धी मुद्दाका फाइल झिकाउन आदेश दिएको थियो। अदालतले ती फाइलहरू इजलासमा देखाएर फिर्ता लैजाने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

यसअघि असार ११ गते सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउन आदेश जारी गरेको थियो। अब सर्वोच्चमा जारी सुनुवाइले पौडेलको हिरासतको वैधानिकताबारे थप कानुनी स्पष्टता दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  २ : ३८ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन