२० असार २०८३, शनिबार | July 5, 2026

अष्ट्रेलियालाई पेनाल्टीमा हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा



काठमाडौं । फिफा विश्वकप २०२६ मा इजिप्टले इतिहास रच्दै पहिलोपटक अन्तिम १६ मा स्थान बनाएको छ । रोमाञ्चक नकआउट खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै इजिप्टले ऐतिहासिक सफलता हात पारेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेट खेलाइएको थियो। अतिरिक्त समयमा पनि कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

इजिप्टले खेलको पहिलो हाफमै अग्रता बनाएको थियो । इमाम असौरले गोल गर्दै टोलीलाई १-० को अवस्थामा पुर्‍याएका थिए । तर दोस्रो हाफको ५४औँ मिनेटमा इजिप्टका मोहम्मद हेनीबाट भएको आत्मघाती गोलपछि अष्ट्रेलियाले खेल १-१ को बराबरीमा ल्यायो ।

त्यसपछि दुवै टोलीले जित निकाल्ने अवसर खोजे पनि निर्धारित समय र अतिरिक्त समयमा गोल हुन सकेन । अन्ततः खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा इजिप्टका मोहम्मद सबिर, रेमी रबिया, मोहम्मद सलाह र होसम अब्देलगुदले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए । अष्ट्रेलियाका ह्यारी सुतार र हेरिंगटनले भने आफ्नो पेनाल्टी गोलमा परिणत गर्न नसक्दा टोली विश्वकपबाट बाहिरियो ।

यो जितसँगै इजिप्टले पहिलोपटक विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अब क्वाटरफाइनल प्रवेशका लागि इजिप्टले अर्जेन्टिना र केप भर्डेबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : ०३ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी