९ भदौ २०८३, मंगलबार | August 26, 2026

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल



म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’को योजना सञ्चालन गर्न लागिएको बताएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्रको आज निरीक्षणपछि मन्त्री पौडेलले देवभूमि सर्किट बनाउन पौराणिककालका तथ्यको पहिचानका लागि मन्त्रालयले अध्ययन थालेको जानकारी दिए ।

“धर्मग्रन्थका देवीदेवता, धर्मगुरु, प्रसिद्ध लामा र ऋषिमुनिहरूले तपस्या बसेको, यात्रा गरेको बाटो पहिचान गरेर त्यहाँ पर्यटक भित्र्याउने सरकारको योजना हो”, उनले भने, “देवभूमि सर्किटमा समेटिएका गन्तव्य पहिचान गरी सरकारले पूर्वाधार र प्रवर्द्धनमा लगानी गर्न बजेट विनियोजन गरेको छ ।”

दामोदरकुण्ड, मुक्तिनाथ, कागबेनी, गलेश्वर, पुलाश्रम, बागलुङ कालिका, कालञ्जर पर्वत, देवघाटलगायत कालीगण्डकी करिडोरलाई देवभूमि सर्किटका रूपमा विकास गर्ने योजना रहेको मन्त्री पौडेलको भनाइ थियो । पर्यापर्यटन, प्राकृतिक, साहासिकसँगै आरोग्य पर्यटन विकासमा पनि सरकारले जोड दिएको उनले बताए । मन्त्री पौडेलले आजै बेनी नगरपालिका–९ गलेश्वर शिवालयको दर्शन र क्षेत्र विकास कोषका पदाधिकारीहरूसँग छलफल गरे । स्थानीय तहहरूसँगको साझेदारीमा शाकाहारी र न्यून बजेटमा तीर्थयात्राका लागि आउने पर्यटकलाई लक्षित गरेर धर्मशाला सञ्चालनको तयारी गरेको उनले जानकारी दिए ।

मन्त्री पौडेलले धार्मिक संस्थाहरूसँग भएको कोषलाई परिचालन गरेर सरकारले पूर्वाधार र प्रवर्द्धनको क्षेत्रमा लागत साझेदारीका योजना तथा कार्यक्रम बनाएको बताए । गलेश्वर शिवालय क्षेत्र विकास कोषका प्रमुख संरक्षकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, उपाध्यक्ष बमबहादुर पुन, सदस्यसचिव सम्मरबहादुर थापालगायतले अवस्था, योजना र सरकारसँगको अपेक्षाका विषयमा जानकारी गराएका थिए ।

त्यसैगरी, मन्त्री पौडेललाई मुस्ताङबाट फर्कने क्रममा अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण आधार शिविरमा सञ्चार, विद्युत् सुविधा विस्तार तथा आवास व्यवस्थापनलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । शनिबार मुस्ताङको मुक्तिनाथ र कोरलानाकाको भ्रमण गरेका मन्त्री पौडेलको टोली आइतबार बेनी हुँदै सडकमार्ग भएर काठमाडौँ फर्किएका हुन् ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १० : ५३ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त