६ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

सरकारले गणेश नेपालीलाई तत्काल भारत नलैजाने



काठमाडौं । आत्मदाह प्रयासपछि गम्भीर अवस्थामा रहेका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीलाई तत्काल भारत नलगिने भएको छ । उपचारमा संलग्न चिकित्सकहरूले हालको अवस्थामा स्थानान्तरण गर्नु जोखिमपूर्ण हुन सक्ने सुझाव दिएपछि सरकारले उनलाई तत्काल नयाँदिल्ली लैजाने तयारी स्थगित गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार चिकित्सकहरूको प्रारम्भिक सिफारिसका आधारमा गणेश नेपालीलाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि लैजान आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको थियो । सरकारले हवाई उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्नुका साथै उपचार खर्चसमेत सरकारी कोषबाट व्यहोर्ने निर्णय गरेको थियो ।

वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था नाजुक रहेकाले अहिलेको अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा थप जोखिम हुन सक्ने चिकित्सकहरूको निष्कर्ष छ । चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर भएपछि थप उपचारका लागि भारत लैजान सकिने सुझाव दिएका छन् ।

बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पताल स्रोतले जनाएको छ ।

उनको उपचार वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा भइरहेको छ । उपचार टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ७ : ४१ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन