१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल



काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अझै चिन्ताजनक रहेको वीर अस्पतालले जनाएको छ।

अस्पतालले शुक्रबार आयोजित पत्रकार सम्मेलन गरेर नेपालीको अवस्था अस्थिर रहेकाले जुनसुकै समयमा थप जटिल हुन सक्ने जोखिम कायमै रहेको जनाएको हो ।

अस्पतालले नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको र उनी हाल बर्न आइसियुमा मेकानिकल भेन्टिलेटरको सहायतामा उपचाररत रहेको जानकारी दिएको छ ।

उपचारमा संलग्न चिकित्सकहरूले बिरामीको अवस्था अत्यन्त संवेदनशील रहेकाले अहिले नै उपचारको परिणामबारे कुनै ठोस अनुमान गर्न नसकिने बताएका छन्। उनीहरूका अनुसार आगोले अनुहार तथा श्वासप्रश्वास प्रणालीमा समेत गम्भीर असर पुर्‍याएकाले उपचार थप चुनौतीपूर्ण बनेको छ।

‘अहिले उहाँको अवस्थाबारे निश्चित रूपमा केही भन्न सकिने अवस्था छैन। कुनै पनि समयमा स्वास्थ्य अवस्था थप बिग्रन सक्छ’, अस्पतालले जनाएको छ।

नेपालीको उपचारका लागि वीर अस्पतालले २१ सदस्यीय विशेषज्ञ टोली परिचालन गरेको छ। प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्राडा रविराम श्रेष्ठ तथा अनुभवी नर्सिङ स्वास्थ्यकर्मीहरूको टोली चौबीसै घण्टा उपचारमा खटिएको अस्पतालले जनाएको छ।

बिरामीलाई थप विशेषज्ञ उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले तत्काल स्थानान्तरण सम्भव नभएको अस्पतालले स्पष्ट पारेको छ। चिकित्सकहरूका अनुसार लामो दूरीको हवाई यात्रा सहन सक्ने अवस्था नरहेकाले हाल वीर अस्पतालमै सघन उपचारलाई प्राथमिकता दिइएको छ।

गत बुधबार राहदानी विभाग परिसरमा गणेश नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घटनापछि सुरक्षाकर्मी र सर्वसाधारणले तत्काल उद्धार गरी उनलाई वीर अस्पताल पुर्‍याएका थिए। त्यसयता उनी बर्न आइसियुमा जीवनरक्षाका लागि सघन उपचारमा रहेका छन्।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ११ : १६ बजे

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा

बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग

गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी समकक्षीको फोन, आपत्कालीन राहत पठाउने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद

भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटियो

काठमाडौं । काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो