२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

टुंगियो लन टेनिसको विवाद खुल्यो ताला



बुटवल । बुटवल लन टेनिस कम्प्लेक्समा श्रमिकको ज्याला र निर्माण सामग्रीको विषयलाई लिएर उत्पन्न भएको विवाद समाधान भएको छ ।

भदौ २९ गते देखि बन्द रहेको कोर्टको ताला लन टेनिस खेलमैदान निर्माण उपभोक्ता समिति र लन टेनिस संघको संयुक्त पहलमा निर्माण सामग्री र श्रमिकको ज्याला भुक्तानी गरिएसंगै समाधान भएको समितिका अध्यक्ष केश बहादुर थापाले बताए ।

निर्माणमा १७ लाख तिर्नुपर्नेमा रकममध्ये नगद १० लाख दिने र बाकि ७ लाख सहयोग गर्ने सहमति भएको समितिका कोषाध्यक्ष अर्जुन गुरुङले बताए । उपभोक्ता समिति र संघको पहलमा विवाद समाधान भएको उनले बताए । ‘हामीले पहल गरेर केही संस्थाहरु र दाताहरुबाट छुट मिलेको छ ।’– उनले भने । उपभोक्ता समितिबाट २ लाख र नया कार्यसमितिका सदस्य तथा खेलाडीहरुबाट करीब ८ लाख रुपैया उठाएर तिरेको उनले बताए ।

तिर्नुपर्ने मध्ये सहारा ईन्जिनियरिङले ३ लाख ३३ हजार हजार, रामकुमार चौधरीले ७५ हजार, एलबी ईट्टाले १ लाख, सिद्धार्थ ईट्टाले १ लाख, सुभाष मार्वलले ३८ हजार, गंगाजमुना सप्लायर्सले २३ हजार, डिके सप्लायर्सले १५ हजार, केएस सप्लायर्स १३ हजार, राजकुमार भट्टराई ५ हजार, कालिका डिजल्स ३२ हजार, निर्मल निर्माण सेवाले ५५ हजार, पुर्णानन्द गिरिले १२ हजार ५ सय, कमल ट्रेनिङ १५ हजार गरि ७ लाख ११ हजार ५ सय रुपैया संघलाई सहयोग गर्ने सहमती भएको उनले बताए ।

तालाबन्दी गरेका सहारा ईन्जिनियरिङका सन्तोष कुवरले विवाद समाधान भएको बताए । खेलकुद क्षेत्र भएकाले आफुहरु लिनुपर्नेमध्ये ३ लाख ३३ हजार रुपैया बराबार सहयोग गरेको उनले बताए । विस २०७५ सालमा ९५ लाख १३ हजार रुपैया खर्च भएको कोर्टमा नेपाल सरकार राष्ट्रिय खेलकुद परिषदबाट ७४ लाख १८ हजार प्राप्त भएको थियो भने स्थानिय खेलाडीहरुबाट ४ लाख ७५ हजार ६ सय ६२ रुपैया बराबर श्रमदान भएको थियो ।

नगर खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिको पहल तथा स्थानिय समाजसेवीहरुको पटकपटक पहलमा पनि विवाद समाधान हुन सकेको थिएन ।

 

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : ०५ बजे

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना

कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई

उद्योग वाणिज्य संघको निर्वाचनमा दलगत प्रतिस्पर्धा नगर्ने सहमति

नेपालगन्ज । बिगत लामो समयदेखि दलगत व्यवसायिक संगठनबाट छुट्टाछुट्टै प्यानल