१६ बैशाख २०८१, आइतबार | April 29, 2024

देवसिद्ध खानेपानीद्वारा सदस्यता दायित्व रकम फिर्ता



बुटवल । देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ देवीनगर, रूपन्देहीले सदस्यता दायित्व रकम फिर्ता गरेको छ ।

संस्थाका ५८५ जना उपभोक्तालाई ५ हजार रुपैयाँका दरले सदस्यता दायित्व रकम फिर्ता गरेको हो ।

बिहीबार एक कार्यक्रम आयोजना गरी संस्था जेष्ठ सदस्य नामदेउ चापागाईको परिवारलाई ५ हजारको चेक संस्थाका संस्थापक सल्लाहकार चण्डीप्रसाद न्यौपानेले हस्तान्तरण गरी कार्यक्रमको सुरू गरे ।

सो अवसरमा बोल्दै न्यौपानेले संस्था बलियो बन्दै गएपछि सदस्यहरुको दायित्व बापत राखिएको रकम फिर्ता गरिएको जानकारी दिए । संस्थाले २०७४ सालमा पनि ५५२ जना सदस्यलाई दायित्व रकम फिर्ता गरेको थियो ।

कार्यक्रममा संस्था अध्यक्ष भरत पाठकले उपभोक्ताहरुलाई स्वच्छ पानी खुवाउनको लागि ट्याङकीमा नैं फिल्टर जडान गर्ने तयारी गरिएको जानकारी दिए । उनले संस्थाको दिगो आर्थिक स्रोत जुटाउने गरी काम पनि अगाडि बढाएको बताए ।

संस्थाका सचिव लोकराज शर्माले खानेपानीको गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । शर्माले संस्थालाई रुपन्देहीकै नमूना खानेपानी संस्था बनाउने गरी अगाडि बढिएको बताए ।

संस्थाका सल्लाहकार सुरज भट्टराई सबैको पहल र आवश्यकताले खानेपानी संस्था स्थापना गरिएको भन्दै यसको विकास र संरक्षण गर्दै अगाडि बढनुपर्ने बताए ।

संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक डम्बरबहादुर थापाको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : ०७ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क