कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ती ब्यक्ति पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ हाटबजार बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका २९ वर्षीय सुरेन्द्र खड्कारहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सुरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















प्रतिक्रिया