५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे



गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताएका छन् ।

गोरखाको शहीद लखन गाउँपालिका-१ र गोरखा नगरपालिका–१२ जोड्ने लुदीखोला मोटरवेल पुलको आज यहाँ उद्घाटन गर्दै उनले निर्धारित समयमा विकास निर्माणका आयोजना सम्पन्न हुनु सुशासनको पहिलो जग भएको बताए ।

गोरखाको रणनीतिक ग्रामीण सडकखण्डको रुपमा रहेको स्याउली बजार(भट्ट फाँट(मनकामना सडकखण्डमा नवनिर्मित मोटरेवल पुल निर्माण सुरु भएको आठ महिनाभित्रै काम सक्नुले पनि सकारात्मक सन्देश दिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ । “विकास निर्माणका आयोजनाहरू वर्षौं अलपत्र पर्ने परिपाटीका बीच निर्धारित समय अघि काम सम्पन्न हुनु निर्माण व्यवसायी, पूर्वाधार विकास कार्यालय, प्राविधिक टोली तथा सबै पक्षको प्रतिबद्धता, समन्वय र कार्यक्षमताको उत्कृष्ट उदाहारण हो”, उनले भने, “वर्तमान प्रदेश सरकारको सुशासन र विकासप्रतिको प्रतिबद्धता पनि यहीँ हो ।”

पूर्वाधार विकास कार्यालय गोरखासँग विसं २०८२ असारमा पुल निर्माणको ठेक्का सम्झौता भएर असोजदेखि काम सुरु भएको थियो । कार्यालयले पुल निर्माणका लागि गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड विल्डर्स प्रालिसँग रु सात करोड ५१ लाख ३० हजार ८५९ मा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

नवनिर्मित पुल कुल ६० मिटर लम्बाइको छ । ठेकेदार कम्पनीले निर्माण अवधि सकिनुभन्दा १२ महिना अघि सम्पन गरेको हो । पुल निर्माण सम्पन्न भएसँगै गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सहज भएको छ । पुल नहुँदामा हिउँदमा मात्र जसोतसो गाडी चल्ने उक्त सडकखण्डमा अब बाह्रै महिना निर्वाधरुपमा सवारी साधन सञ्चालन हुने अवस्था बनेको स्थानीयबासीको भनाइ छ ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ४ : ३६ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे