३१ असार २०८३, बुधबार | July 15, 2026

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन



काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको सोमबार राति करिब १२ बजे निधन भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिएका छन् ।

सर्लाहीबाट प्रतिनिधिसभा सदस्य अमेरशकुमार सिंहले पनि सामाजिक सञ्जालमार्फत मण्डलको निधन भएको पुष्टि गरेका छन् ।

सांसद सिंहले मण्डलका परिवारप्रति समवेदना व्यक्त गर्दै आगामी दिनमा आफूबाट हुन सक्ने हरेक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

मण्डलले सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको हो ।

घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ । यो सँगै एकसातामा आत्मदाहबाट निधन हुनेको संख्या तीन पुगेको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ९ : ०७ बजे

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र