३२ असार २०८३, बिहिबार | July 16, 2026

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि काठमाडौँलगायत विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ ।

राति १०ः०० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३६ मिलीमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । काठमाडौँमै अपराह्न ५१ मिलीमिटर वर्षा हुँदा माइतीघरलगायतका क्षेत्र जलमग्न भएको थियो ।

यस्तै नवलपरासीपूर्वमा ९४ मिलीमिटर, कास्कीमा ७६, रुकुमपूर्वमा ५६, लमजुङमा ७६ र चिवतनमा ५६ मिलीमिटर वर्षा भएको छ । अन्य धेरै जिल्लामा मध्यमदेखि भारीसम्म वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिएका छन् ।

विभागले आज साँझ जारी गरेको बुलेटिनअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केहीमाथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ ।

आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

त्यसैगरी, शुक्रबार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचनामार्फत् सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती जलाधारमा ठूलो पानी परेको र राति थप पानी पर्ने सम्भावना भएकाले बाढीपहिरोको जोखिम रहेको जनाएको छ । आवश्यक सतर्कता अपनाउनसमेत प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ११ : ३४ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना