२७ भदौ २०८३, शनिबार | September 12, 2026

२३ जिल्लामा आज र भोली बाढी-पहिरोको उच्च जोखिम, दुई दिन सतर्क रहन प्राधिकरणको आग्रह



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार शनिबार र आइतबार कोशी, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । लगातारको वर्षासँगै बाढी, पहिरो, भू-क्षय, कटान, गेग्रान बहाव तथा डुबानको जोखिम बढेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो ।

प्राधिकरणले पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जासहित २३ जिल्लालाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ ।

उच्च जोखिम रहेका जिल्लाहरूमा विशेषगरी रातिको समयमा सवारी साधन सञ्चालन नगर्न तथा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । मौसम र जोखिमको अवस्थाअनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली तथा पहाडी भू-भागका केही स्थान, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

प्राधिकरणले नदी तथा खोला आसपास, पहिरोको जोखिम भएका बस्ती र डुबान प्रभावित क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचनालाई निरन्तर पालना गर्न पनि अनुरोध गरिएको छ ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्दै आगामी दुई दिन मौसमजन्य विपद्को जोखिम उच्च रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १२ : ३५ बजे

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको