१८ भदौ २०८३, बिहिबार | September 3, 2026

सांसद खुस्बु ओलीलाई फेसबुकबाट धम्की दिएको आरोपमा बुटवलका व्यवसायीसहित दुई पक्राउ



काठमाडौं । बुटवल घर भई नारायणगढमा व्यवसाय सञ्चालन गर्दै आएका अभि घिमिरेलाई सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिने तथा चरित्रहत्या गर्ने उद्देश्यले सामग्री प्रकाशित गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घिमिरेसँगै भरतपुर-१६ निवासी तेजेन्द्रप्रसाद पौडेललाई पनि पक्राउ गरिएको छ । पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

सांसद ओलीले काठमाडौंमा साइबर अपराधसम्बन्धी उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरी उनीहरूको पहिचान गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि मुद्दा चितवन पठाइएपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत म्याद थप गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ८ : २४ बजे

भोटेकोशीको भेलले बगाएको स्याफ्रुबेसीको सपना (फोटोफिचर)

काठमाडौं । यी दृश्यहरू रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र

जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक छ : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यही भदौ

भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज