५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सांसद खुस्बु ओलीलाई फेसबुकबाट धम्की दिएको आरोपमा बुटवलका व्यवसायीसहित दुई पक्राउ



काठमाडौं । बुटवल घर भई नारायणगढमा व्यवसाय सञ्चालन गर्दै आएका अभि घिमिरेलाई सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिने तथा चरित्रहत्या गर्ने उद्देश्यले सामग्री प्रकाशित गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घिमिरेसँगै भरतपुर-१६ निवासी तेजेन्द्रप्रसाद पौडेललाई पनि पक्राउ गरिएको छ । पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

सांसद ओलीले काठमाडौंमा साइबर अपराधसम्बन्धी उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरी उनीहरूको पहिचान गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि मुद्दा चितवन पठाइएपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत म्याद थप गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ८ : २४ बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा