२५ भदौ २०८३, बिहिबार | September 11, 2026

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह



सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउन महिनाभर मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह गरेको छ ।

कार्यालयले मङ्गलबार सरोकारवाला र पत्रकारसँग अन्तरक्रिया गर्दै कर्णाली प्रदेशमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले यसको रोकथामका लागि सबैको सहकार्य आवश्यक रहेको जनाएको हो ।

कार्यालय प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्यप्रति समयमै ध्यान नदिँदा समाज र परिवारमा गम्भीर असर पर्ने बताईन । उनले मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटना न्यूनीकरणका लागि सबैले समयमै सचेत हुनुपर्नेमा जोड दिईन ।

सिएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले सकारात्मक सोच, आत्मसम्मान र जीवनका चुनौतीसँग सामना गर्ने क्षमता विकास गर्नुपर्ने बताए ।

उनले मानसिक समस्या देखिएका व्यक्तिलाई सहयोग गर्न र आवश्यक परे आत्महत्या रोकथामसम्बन्धी राष्ट्रिय हटलाइन ११६६ प्रयोग गर्न आग्रह गरे । साथै स्थानीय तह र विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

यसैबीच फरक एक प्रसङ्गमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय बिसीले डेङ्गु रोगबाट बच्न घरआँगन सफा राख्न, पानी जम्न नदिन र लामखुट्टेको बासस्थान नष्ट गर्न आग्रह गरे ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ७ : ४५ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ