२१ भदौ २०८३, आइतबार | September 6, 2026

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार दायर गरेको मुद्दामा तत्कालीन अर्थमन्त्री साह, मधेश प्रदेश सरकारका तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज न्यौपाने तथा निर्माण कम्पनी बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेललाई प्रतिवादी बनाएको छ।

अख्तियारका अनुसार बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणका क्रममा सार्वजनिक स्रोतको दुरुपयोग गर्दै व्यापक आर्थिक अनियमितता गरिएको निष्कर्षपछि मुद्दा दायर गरिएको हो।

आयोगले यस प्रकरणमा करिब ३९ करोड ३९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरेको छ। यद्यपि, प्रतिवादीहरूको भूमिका र जिम्मेवारीका आधारमा फरक–फरक बिगो तथा जरिवानाको मागदाबी गरिएको छ। तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुरसँग ३५ करोड रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ।

अख्तियारले सार्वजनिक पदमा रहेका जिम्मेवार व्यक्तिहरूले कानुनविपरीत निर्णय र कार्यसम्पादनमार्फत राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोप लगाउँदै उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ।

अब उक्त मुद्दामाथि विशेष अदालतमा सुनुवाइ हुने छ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ५ : ४१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त