१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ। बजार परिसूचक नेप्से ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा झरेको हो।

आजको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कुल कारोबार भएका कम्पनीमध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

दिनभरमा ६ अर्ब ७ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस अवधिमा एक करोड ३९ लाख १३ हजार ७७० कित्ता सेयर ६९ हजार ७१५ पटक किनबेच भएका छन्।

कारोबारका क्रममा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै गरिमा समृद्धि योजना, सानिमा बैंक डिबेन्चर, गुर्खाज फाइनान्स र एनएमबी बैंक डिबेन्चर उच्च प्रतिफल दिने कम्पनीहरूको सूचीमा परेका छन्।

समूहगत परिसूचकतर्फ बैंकिङ र म्युचुअल फन्डबाहेक सबै उपसमूह राताम्मे बनेका छन्। बजारमा अधिकांश क्षेत्रको गिरावटका कारण समग्र नेप्से परिसूचकमा दबाब परेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ३ : ४४ बजे

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा