३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कोरोनाको कहरको भयावह रुप, एकै रातमा बुटवलमा ३ जनाको मृत्यु



बुटवल । बुटवलमा एकै रात ३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।  उपचारका क्रममा अस्पतालको सम्पर्कमा आएका ३ जनाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीको कुनै पनि अस्पतालमा आईसीयू बेड खालि नभएका कारण दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।

शनिबार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनको शनिबार नै कोरोना पुष्टि भएको थियो ।
बिरामीको अवस्था जटिल रहेकाले ल्म्बिनी अस्पतालले आईसीयू अनिवार्य भएपछि दाङ रेफर गरेकोमा धानखोला पुग्दा उनको मृत्यु भएको थियो ।

त्यसैगरि गत असोज २२ कोरोना पुष्टि भएर २४ गते देखि कोरोना बिशेष अस्पतालमा भर्ना रहेका ७० वर्षिय पुरुषको शनिबार राती ९ः५५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए । उनी गत २२ गते देखि कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका थिए ।

बुटवलमा मध्यराती २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पतालमा भर्ना भएकी ६१ वर्षीया महिलाको मध्यराती २ बजे मृत्यु भएको डा. गौतमले बताए ।
गयराति भएको मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : १२ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र