१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभा सम्पन्न



बुटवल । बुटवल ११ देविनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभा शनिवार सम्पन्न भएको छ ।

परिषद्का अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता एवं सदस्य सचिव प्रा. डा. तारा प्रसाद उपाध्यायको संचालन रहेको उक्त सभामा रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख एवं विकास परिषद्का पदेन सदस्य एकराज विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा बोल्दै प्रमुख अतिथि विश्वकर्माले क्याम्पसले व्यवस्थापन विषयको क्षेत्रमा पु¥याएको योगदानको चर्चाले हामी सबैलाई गौरवान्वित बनाएको बताए ।

क्याम्पसले मानित विश्वविद्यालयमा रुपान्तरण हुनको लागि गरिरहेको गतिविधिले यस क्षेत्रमा नै उत्साह थपिएको बताउदै सबैले आआफ्नो स्थानबाट पहल गरि क्याम्पसलाई चाडै नै मानित विश्वविद्यालयमा रुपान्तरण गर्नुपर्र्ने कुरामा जोड दिए साथै मानित विश्वविद्यालय बनाउन आफ्नो तर्फवाट आवश्यक सहयोग भइरहेको र आगामी दिनहरुमा समेत रहिरहने प्रतिबद्धता व्यक्त गरे ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द« प्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा लुम्बिनी प्रदेश, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा. डा. ईश्वर गौतम, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, पुर्व अध्यक्ष अर्जुनमान सैजु लगायतले बोलेका थिए ।

दशौं सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष मोतिलाल पाण्डेले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन र क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले प्रस्तुत गरेको मानित विश्वविद्यालय सम्बन्धीे प्रतिवेदन पारित गरेको छ साथै आन्तरिक लेखा परीक्षण उपसमितिका सदस्य तथा भु.पु. विद्यार्थी समाजका अध्यक्ष अनिल प्रसाद श्रेष्ठले आ.व. ०७६/०७७ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए भने श्रेष्ठले नै पेश गरेको आ.व. ०७७/०७८ को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक सभाले सोही अनुसार निर्णय गरेको छ । उक्त सभाले आ.व. ०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन तथा आ.व ०७७/०७८ को अनुमानित बजेट समेत अनुमोदन गरेको छ ।
परिषद्का अध्यक्ष मोतिलाल पाण्डेले परिषद् सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै सबैको सहयोग र साथले नै लुम्बिनी वाणिज्य क्याम्पस आफ्नो लक्ष्यमा पुग्ने भएकोले त्यसका लागि क्याम्पस परिवार एकसाथ प्रतिवद्ध भएर अगाडी बढेको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ३१ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना