१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

साईकल सिटीको ३३ हजार ३ सय ३३ रुपैया सहयोग



बुटवल । साईकल सिटि बुटवलले नबिन औद्योगिक माविलाई आर्थिक सहयोग गरेको छ ।

विद्यालयमा साईकल सेड निमार्णको लागि शनिबार प्रथम साधारण सभा तथा अधिवसनमा सिटिका अध्यक्ष धिरन तुलाधरले विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतलाई नगद ३३ हजार ३ सय ३३ रुपैया हस्तान्तरण गरेको हो ।

कार्यक्रमको उदघाटन गर्दै बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले खेलाडी उत्पादनका लागि विद्यालयस्तरमै लाग्न जरुरी रहेपनि यसतर्फ आझै पनि सचेतना जगाउनजरुरी रहेको बताए । नगरमा रहेका खेलकुद सम्वद्ध संस्थाहरलाई खेलकुद गतिविधि र विकास गर्न थोरै भएपनि आर्थिक सहयोग गर्ने प्रयास शुरुवात गरेको उनले बताए ।

संरचना भएमात्र खेल विकास हुने भएकाले अहिले तारजाली, खेलमैदान फिलिङ गर्ने जस्ता कामलाई जोड दिएर अघि बढेको उनले बताए । स्पोर्ट्स टुरिजम अबको लक्ष्य रहेको समेत उनले बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला साईकल संघका अध्यक्ष पुकार थापाले साईक्लिङ खेलकुदको एक भागभएको भन्दै अन्तराष्ट्रिय क्षेत्रमा यसको महत्व भएपनि नेपालमा भने भर्खर क्रेज बढिरहेको बताए । साइकलमैत्री पुर्वाधार बनाउन संस्थागत रुपमा आफुहरुले रुपन्देही ५ वटा स्थानिय सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको उनले बताए ।

साईकल सिटि भैरहवाका सुर्य सारु मगरले नगर क्षेत्रमा साईकल लेनको अवधारणा बारे मुद्दा उठाउन जरुरी रहेको बताए । रुपन्देहीलाई साईकलको शहर बनाउने योजना रहेको बताए । कार्यक्रममा नवीन औधोगिक माविका प्राचार्य प्रेम बस्नेतले प्रदेश कै नमुना विद्यालय बनाउन पढाईसंगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको बताए ।

कोषाध्यक्ष बिमल बस्नेतले आर्थिक तथा सचिव बिनोद बहादुर कार्कीले प्रगति विवरण पेश गरेका थिए । कार्यक्रममा साईकल मर्मत क्षेत्रमा लागेका दुई जना प्राविधिकहरु अमित गुप्ता र पुरन रानालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ३९ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका