२ पुस २०८२, बुधबार | December 17, 2025

दाङको कोरोना अस्पतालमा पहिलो कोरोना संक्रमितको मृत्यु



घोराही । दाङको बेलझुण्डी स्थित कोरोना अस्पतालमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीबाट उपचारका लागि बुलझुण्डी रेफर गरिएकी तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको हो ।

आईसीयू बेडको अभावका कारण ती महिलालाई रुपन्देहीबाट शुक्रबार राति साढे १० बजे बेलझुण्डी अस्पतालमा रेफर गरिएको थियो ।

उनलाई आईसीयूमा राखेर उपचार शुरु गरेपनि शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

बेलझण्डीको कोरोना अस्पतालमा ८४ बेड रहेको कोरोना अस्पतालमा ५ वटा आईसीयू बेड रहेको छ । शनिबार मृत्यु भएपछि अस्पतालमा ३ वटा आईसीयूमात्र खाली रहेको फोकलपर्शन चन्दले बताए ।

ती महिला उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी थिइन् ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : २० बजे

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग