१६ श्रावण २०८३, शनिबार | August 1, 2026

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली



बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय समिति, लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनबाट सुरेन्द्र ज्ञवालीको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएका छन ।

शनिबार बुटवलमा भएको अधिवेसनबाट महासंघको उपाध्यक्ष भुन बहादुर कुवर मगर, सचिव काशीराम पोखरेल, कोषाध्यक्ष अग्नी कुमार अग्रहरी तथा सदस्यहरुमा मदन कृष्ण आचार्य, सन्दिप ढुगाना सर्वसम्मत निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत ओम बहादुर बस्नेत छन ।

कार्यक्रमको एक समारोहका बिच नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेश कुमार अग्रवालले उद्घाटन गर्दै सागठनिक रुपमा सबल बनाउने र प्रदेश संरचनालाई स्वयक्त बनाउने गरि विधान संसोधनको प्रक्रियामा रहेको बताए । संघको आवश्यकता किन छ भन्ने बुझाउदै बढिभन्दा बढि जिल्लालाई समेट्न उनले आग्रह गरे।
कार्यक्रममा केन्द्रिय महासचिव सुबेन्द्र जोशीले सदस्य बिस्तार गर्दै संस्थालाई थप बलियो बनाउने गरि अघि बढेको बताए। सदस्यहरुको समस्या समाधानका लागि केन्द्रस्तरमा निरन्तर पहल भैरहेको उनले बताए ।

कार्यक्रममा बुटवल फर्निचर उद्योग संघका पूर्व अध्यक्ष विष्णु कुमार श्रेष्ठले संस्था स्थापनादेखि निरन्तरता दिन चुनौती रहेको अनुभव सुनाए । संस्थामा अहिले उद्योग र ब्यापार दुबै किसिमका सदस्यहरु रहेको भन्दै पहिचानको समस्या औल्याए । नया टिम नेतृत्व गर्ने र योगदान दिने गरि आउन समेत उनले आग्रह गरे ।

कार्यक्रममा फर्निचर उद्योग संघ रुपन्देहीका अध्यक्ष जिवकान्त काफ्लेले ८० प्रतिशत स्वदेशी कच्चा पदार्थबाट चल्ने उद्योग धरासाही हुने अवस्थामा पुगेको बताए ।

सरोकारवाला निकायहरुलाई यस विषयमा राम्रो ज्ञान भएपनि आवश्यक पहल नभएको उनले दुखेसो गरे । रुपन्देहीमा फर्निचर मेलाको तयारीमा रहेको भन्दै यसमा सबैको साथ र सहयोग जरुरी रहेको उनले बताए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओम बहादुर बस्नेत, कोषाध्यक्ष अशोक कुँवर, सहकोषाध्यक्ष कृष्ण न्यौपाने, पूर्व केन्द्रिय सदस्य सावित्रा टण्डन, पत्रकार सुमन अधिकारीले शुभकामना दिए ।

प्रदेश अध्यक्ष सुरेन्द्र ज्ञवालीले आफुहरु लामोसमयदेखि नितिगत र ब्यवहारिक समस्याको कारण समस्या भोग्नुपरेको दुखेसो गरे । स्वदेशकै कच्चा पदार्थ कुहिने अवस्था र अरबौको काठ र काठजन्य पदार्थ भित्रिरहेको उनले बताउदै नितिगत रुपमा पहल जरुरी रहेको बताए ।

फर्निचर उद्योगको विस्तार, विकासमा समेत कठिनाई रहेको हुदा प्रत्येक प्रदेशमा फर्निचर ग्रामको पहल गर्न उनले आग्रह गरे ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ८ : ०८ बजे

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय