१८ श्रावण २०८३, सोमबार | August 3, 2026

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन



चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुवे दाह्रा काटिएपछि निकुञ्ज भित्रै बस्ने गरेको छ । जनधनको क्षति पु¥याएपछि ध्रुवेलाई नियन्त्रणमा लिएर गत असार ३१ गते चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुखिभार पोष्ट नजिक दुईवटै दाह्रा काटिएको थियो ।

सो हात्तीका शरीरमा नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो । निकुञ्जका संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार दाह्रा काटिएपछि ध्रुर्वे निकुञ्जभित्र नै बस्दै आएको छ । सो हात्ती आइतबार बिहान माडीको अमेलिया कृषि फर्म पुगेको स्थानीयवासीले जनाएका छन् । यो क्षेत्र निकुञ्जसँग जोडिएको रिउखोला आडमा पर्दछ । त्यसबाहेक बस्ती पसेर दुःख नदिएको जनाइएको छ । ध्रुवेको १०/१० मिनेटमा अनुगमन गरिएको छ ।

निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनाको ‘अप्रेसन युनिट’ले सो हात्तीको १०/१० मिनेटको सूचना लिइरहेको छ । बस्ती नजिकको निकुञ्जको भागमा पुगेको समयमा निकटका बस्तीका बासिन्दालाई सो सूचना प्रवाह गर्ने गरिएको छ । संरक्षण अधिकृत पौडेलले भने, “कुनै पनि समयमा ध्रुवे बस्ती पस्न सक्ने भएकाले तयारी अवस्थामा रहेका छौँ । हात्तीलाई डार्ट गर्ने क्रममा चढाइएको औषधिले केही समय शिथिल बनाउने भएकाले पहिलाको जस्तो अवस्थामा अहिले ध्रुवे छैन । यसको भरोसा नहुने भएकाले निकुञ्ज प्रशासन चनाखो भएको छ ।”

पच्चीस जना मानिसको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा पनि कमी आएको हो । चौथो पटक ध्रुवेको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम गरिएको हो । हात्ती बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको उनले बताए । हात्तीले गत असार २० गते राति एकैपरिवारका दुई जनाको ज्यान लिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पुनः यो किसिमको घटना हुन नदिन उच्च सतर्कता अपनाइएको छ । यो हात्तीलाई बथानबाट लखेटिएका कारण बस्ती आएको अनुमान गरिएको उनले बताए । पहिले बथानमा रहँदा हिँड्ने माडीको धोवा, तमोरताल, खोरियामुहान र देउराली क्षेत्रमा अहिले पनि हात्ती जाने गरेको छ ।

हात्तीले विसं २०७४ मा सेनानी लाई आक्रमण गरेर मारेको थियो । निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रुपमा परिचित ध्रुर्वेले विसं २०६८/६९ ताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि विसं २०६९ को पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ । ध्रुर्वे हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो । निकुञ्जमा रोनाल्डो, गोविन्दे, धुर्वे लगायतका मत्ता छन् । प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० हात्ती छन् । यिनै हात्तीमध्येबाट निकुञ्ज भित्रका हात्तीलाई प्रजनन गराइन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १ : १३ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा