सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार बिहान यात्रुवाहक कार सुनकोशी नदीमा खसेको छ। प्रारम्भिक जानकारीअनुसार बसको ठक्करपछि कार नदीमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ।
घटना बिहान करिब ११ः३० बजे भएको हो। ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको कार दुर्घटनामा परेको अनुमान गरिएको छ। स्थानीय प्रत्यक्षदर्शीको बसको ठक्करपछि कार नदीमा खसेको बताएका छन् । तर ठक्कर दिने बसको नम्वर पनि खुलेको छैना
कारको नम्बर र यात्रुको यकिन विवरण अझै खुल्न सकेको छैन। तीन चार जना रहेको अनुमान गरिएको कार सुनकोशी नदीमा पूर्ण रूपमा डुबेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली पुगेर खोज तथा अनुसन्धान सुरु गरेको छ।

















प्रतिक्रिया