१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन



चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार दिउँसो २:१० बजेदेखि मुग्लिन बजार नजिकै पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

पहिरो पन्छाउन एउटा डोजर/हेभी उपकरण परिचालन भइसकेको छ भने थप दुईवटा उपकरण घटनास्थलतर्फ पठाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ ।

यसअघि सोमबार बिहान पनि यही सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि केही समय सडक एकतर्फी सञ्चालन गरिएको थियो । त्यसपछि पहिरो पन्छाएर दुवैतर्फी यातायात सञ्चालनमा ल्याइए पनि दिउँसो पुनः पहिरो खसेपछि सडक फेरि अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  २ : ५७ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं