२ पुस २०८२, बुधबार | December 17, 2025

भरतपुर महानगरपालिका वडा नं. २० का वडाअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु



चितवन । कोरोना भाइरसको संक्रमणका कारण चितवनमा एक जना वडाअध्यक्षको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २० का वडाअध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे वडाअध्यक्ष तामाङको मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले जानकारी दिएका छन् ।

उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज २३ गते ६९ वर्षीय तामाङलाई अस्पताल भर्ना गरिएको थियो।

त्यसअघि असोज १४ गते नै उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

घरमै बसेका उनलाई स्वाश्वप्रसावमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउँदा अक्सिजन लेभल जम्मा ४० रहेको अस्पतालले जनाएको छ ।

आईसीयूमा राखेर भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै उनको निधन भएको अस्पतालले जनाएको छ ।

वडाअध्यक्ष तामाङलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको थियो ।

तामाङ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका थिए।

 

 

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : ०८ बजे

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग