२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा



काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

दुर्घटनामा करिब ४० वर्षीया एक महिलाको ज्यान गएको हो। मृतकको पहिचान खुलाउने प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब १०ः३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको यात्रुवाहक बस ग्वार्को फ्लाइओभरको संरचनामा ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका ६ जनालाई तत्काल उद्धार गरी ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचारका लागि पठाइएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

दुर्घटनापछि केही समय ग्वार्को क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो। प्रहरीले दुर्घटनाग्रस्त बस हटाएर यातायात सञ्चालनलाई क्रमशः सहज बनाएको जनाएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  ११ : ४४ बजे

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र

बृद्धभत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

हिरोसिमा । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ

मृग जोगाउने क्रममा पल्टिँदा ट्याङ्करमा आगलागी

जनकपुरधाम । मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको