२९ चैत्र २०८२, आइतबार | April 12, 2026

वार्षिकोत्सवको अवसरमा सनराईज बैंकद्वारा विभिन्न संस्थालाई आर्थिक सहयोग



काठमाडौं । सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवका अवसरमा विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत बाल मन्दिर लगायत विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको हो ।

बाल मन्दिरलाई १ लाख ५० हजार, विद्यार्थीहरुलाई क्लाइमेट सम्बन्धि उद्यमशिलता तालिम प्रदान गर्न हिमालय क्लाइमेट इनिसिएटिभलाई १ लाख ५० हजार र भानू माविमा इ लर्निङ प्लाटफर्म बनाउन जोन्ट क्लबलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक मिसकलबाट एनइएको बिल भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

कोभिडका कारण ग्राहकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डिजिटल सेवालाई प्राथमिकता दिएको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताए ।

बैंकले वार्षिकोत्सवका अवशरमा भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गर्नेलाई ५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ ।

यो सुविधा बैंकका कार्ड होल्डरले मात्रै पाउनेछन । यस्तै बसमा र प्लेनमा सनराइज स्मार्टबाट टिकट खरिद गर्दा क्रमशः २ सय र ५ सय रुपैयाँ क्यासब्याकको सुविधा पनि दिइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ३ : २२ बजे

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख