२३ श्रावण २०८३, शनिबार | August 8, 2026

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल



काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको घोषणा गरेका छन । आज काठमाडौंमा ‘अग्रगामी मोर्चा’ नामक गठबन्धनको औपचारिक घोषणा गरिएको छ । कार्यक्रममा जनार्दन शर्माको प्रगतिशिल लोकतान्त्रिक पार्टी पनि जोडिन पुगेको छ ।

जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खुम्बुवान राष्ट्रिय मोर्चाले ‘अग्रगामी मोर्चा’ गठन गरेका हुन् ।

काठमाडौंको एक ब्यांक्वेटमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले अवधारणा पत्र पढेर सुनाए ।

अवधारणा पत्रमा लोकतान्त्रिक, प्रगतिशील, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी, श्रमिक, समाजवादी तथा समावेशी राजनीतिक शक्तिलाई एकताबद्ध गर्ने प्रतिबद्धता जनाइएको छ ।

अवधारणा पत्रमा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षणलाई प्राथमिकतामा राखिएको छ । राजनीतिक सत्ताको अत्यधिक केन्द्रीकरण, सर्वसत्तावाद र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय र मानव अधिकार सुनिश्चित गर्ने मोर्चाले लक्ष्य लिएको छ ।

मोर्चाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपाली समाजको विविधतालाई सम्मान गर्दै पछाडि पारिएका वर्ग तथा समुदायको उत्थानलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

यस्तै जात, जाति, वर्ग, लिङ्ग, भाषा, धर्म, संस्कृति, भूगोल वा समुदायका आधारमा हुने सबै प्रकारका असमानता, विभेद, बहिष्करण र अन्याय अन्त्य गर्ने प्रतिबद्धता पनि अवधारणा–पत्रमा व्यक्त गरिएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा। सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियार, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, बहुजन एकता पार्टी, नेपालका अध्यक्ष डा। हरिनन्दन कुमार रञ्जन र खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले हस्ताक्षर गरेका छन् ।

मोर्चामा जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाललगायतका दलका शिर्ष नेताहरू सहभागी रहेका छन्।

मोर्चामा तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्मा र रास्वपा छाडेका सन्तोष परियार आबद्ध प्रलोपा पनि जोडिएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  २ : ५५ बजे

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिको एजेन्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय,