२५ श्रावण २०८३, सोमबार | August 10, 2026

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर



नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।

सडकको पूर्वाधारको विकास तथा पूजाआजा र भजनकीर्तन नभएका कारण त्यस मन्दिर ओझेलमा परेको जनाउँदै त्यसका लागि आवश्यक पहल गर्न प्रदेश सरकार र गाउँपालिकासँग स्थानीयले माग गरेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष राजकुमार बर्माले बागेश्वरीको शक्तिपीठका रुपमा मन्दिर निर्माण गरिएको जानकारी दिँदै त्यहाँ गएर मुण्डन गर्दा लाभ मिल्ने धार्मिक विश्वास रहेको बताए । नवरात्रमा त्यस दर्शनार्थीको घुइँचो लाग्ने तथा छोराछोरीको कपाल मुण्डन पनि मन्दिरमा हुने गरेको पाइएको छ ।

कतिपय बिरामी भारतका विभिन्न सरहमा उपचार गरेर निको नभएमा त्यस मन्दिरमा आएर दर्शन गरे निको हुन्छ भन्ने धार्मिक जनविश्वास रहेको अध्यक्ष बर्माको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देल बागेश्वरी शक्तिपीठको भगिनी गोंगी माता रहेको औँल्याउँदै अस्पताल धाएर पनि बिरामी निको नभएपछि त्यहाँ पूजाआजा र दर्शन गरे लाभ मिल्ने धार्मिक विश्वास रहेको बताउँछन् ।

उनले स्थानीय सरकारलगायत सरोकार भएका निकायलाई मन्दिरको प्रचारप्रसार र संरक्षणमा चासो दिन आग्रह गर्दै सडक पूर्वाधारको विकासमा जोड दिए । अध्यक्ष सिग्देलले भने, “यस क्षेत्रको विकासले धार्मिक सर्किटका रुपमा पर्यटन प्रवद्र्धनमा टेवा दिन सक्छ ।”

नेपालगन्जका प्रकाश कुँवरले बोली नफुरेका बालबालिकालाई त्यो मन्दिरमा पूजाआजा गरेपछि बोल्ने गरेको हुँदा त्यहाँको महत्व विशिष्ट प्रकृतिको भएको प्रतिक्रिया दिन्छन् । “यहाँ पुराना फलफूलका बिरुवा छन्, जसले इतिहास बोलिरहेका छन्”, गोङ्गी माताको महिमाबारे जानकारी दिँदै उनले भने, “बर्मा समुदायले त्यस मन्दिरको व्यवस्थापन गर्दै आएका छन् ।”

नेपालगञ्जको कारकाँदो चोकबाट पश्चिम उत्तरमा झन्डै ६ किलोमिटरको दूरीमा रहेको उक्त मन्दिरमा खास गरी नवरात्रका समयमा गोङ्गी देवीको दर्शन र पूजाआजाका लागि तीर्थयात्री बढी सङ्ख्यामा पुग्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ५ : ०८ बजे

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पत्रकारिताको मर्यादा कायम राख्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको