२७ आश्विन २०८३, मंगलबार | October 14, 2026

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै



काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने भएका छन्।

यी परियोजनाको कार्यान्वयनका लागि काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

कुल ८० करोड ३० लाख रुपैयाँ अनुमानित लागतका यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ।

सम्झौताअनुसार कोशी प्रदेशको सुनसरी जिल्लास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन गरिनेछ। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुनेछ।

त्यस्तै, बागमती प्रदेशको धादिङस्थित ज्वालामूखी गाउँपालिका–६ मा नगरीय कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण गरिनेछ भने मोरङको बेलबारी नगरपालिका–३ स्थित बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण गरिनेछ।

कर्णाली प्रदेशमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा १० शैयाको अस्पताल निर्माण हुनेछ। हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवर्द्धन केन्द्र निर्माण गर्ने योजना छ।

गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर निर्माण गरिनेछ। कोशी प्रदेशको सुनसरीस्थित बर्जु गाउँपालिकामा भने १५ शैयाको अस्पताल भवन निर्माण हुने भएको छ।

भारतीय दूतावासका अनुसार सन् २००३ यता भारत सरकारले नेपालमा हालसम्म ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ।

तीमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक उपयोगितासम्बन्धी ५१२ वटा परियोजना सम्पन्न भइसकेका छन्। बाँकी परियोजना कार्यान्वयनका विभिन्न चरणमा रहेको दूतावासले जनाएको छ।

नेपाल र भारतबीचको बहुआयामिक सहकार्यअन्तर्गत यस्ता परियोजनाले स्थानीय तहमा आवश्यक पूर्वाधार विकास गर्नुका साथै नेपालको विकास र समृद्धिको प्रयासलाई सहयोग पुर्‍याउने भारतीय पक्षको भनाइ छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : ५९ बजे

यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने

काठमाडौँ । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो