२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा



काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट प्रहरीले आज बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ।

प्रहरीले ललितपुरको झम्सीखेल, ठाडोढुंगास्थित कार्यालयमा प्रवेश गरेर सम्पादक श्रेष्ठको कार्यकक्ष, समाचार कक्षमा खोजतलास गरेको हो । घटनासँग सम्बन्धित केही कागजात वा दस्तावेज कार्यालयमा हुनसक्ने आशंकामा छापा मारिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित उनको निवास नजिकबाट पक्राउ गरेको थियो। गएराति करिब १ बजे प्रहरीको टोलीले उनको निवासमा पुगेको खानतलासी गरेको थियो । त्यसपछि प्रहरीले आज बिहानै जनआस्थाको कार्यालयमा समेत छापा मारेको हो।

वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको थियो। पक्राउ गर्नुअघि काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जीसमेत लिएको थियो।

श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत हुन्।

घटनाप्रति नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध संस्थाहरूले चासो व्यक्त गरेका छन्। श्रेष्ठ पक्राउ परेपछि सञ्चारसम्वद्ध संस्थाहरूले बुधबार राति नै प्रहरी कार्यालय पुगेर विरोध गरेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ८ : ३८ बजे

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न