१ भदौ २०८३, सोमबार | August 17, 2026

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय सुवेदी र ढकालको संयुक्त इजलासमा



काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

श्रेष्ठको निवेदन न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ।

यसअघि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद गरिएका सामग्रीसहित भदौ १ गते बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

इजलासले श्रेष्ठविरुद्ध परेको जाहेरीसहितको अनुसन्धान फाइल तथा उनको घर र कार्यालयबाट बरामद गरिएका सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत अदालतमा पेस गर्न आदेश दिएको थियो।

इजलासले निवेदकको मागबमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने आधार र कारणसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नसमेत विपक्षीका नाममा आदेश दिएको थियो।

वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन्।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  १० : २० बजे

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय सुवेदी र ढकालको संयुक्त इजलासमा

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी

जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

काठमाडौं । नेपाल भाषा तथा नेपाली साहित्यका चर्चित स्रष्टा एवं

बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात जनाको मृत्यु

काठमाडौं । भारतको बिहारस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार

आजदेखि बिक्रेताबाटै ग्यास बिक्रीवितरण

काठमाडौं । नेपाल आयल निगमले आजदेखि ग्यास उद्योगले नियुक्त गरेका