३ पुस २०८२, बिहिबार | December 18, 2025

चाडपर्वको अवसरमा बढी भाडा लिनेलाई ठगीमा मुद्धा चलाइने



काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्धा चलाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारवाही गरिने बताएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चोक-चोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर सवारीसाधनमाथि निगरानी बढाइने बताए ।

“कोभिड-१९ को सङ्क्रमण बढेसँगै बसको सिट क्षमताको आधाभन्दा बढी यात्रु बोके ट्राफिक प्रहरीले कारबाही गर्छ”, उनले भने । यसवर्ष उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष राख्ने महाशाखाले जनाएको छ ।

यस्तै टिकट काउण्टरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र भिर्नुपर्ने र राजमार्गमा चालकको मादक पदार्थ सेवन (मापसे) परीक्षण हुने महाशाखा प्रमुख ढकालले बताए ।

लामो दूरीका सार्वजनिक यातायातमा दुई चालक अनिवार्य नराखे कारवाही गरीने भएको छ । यस्तै, यौनजन्य अपराध नियन्त्रण गर्न सेफ्टी पिन अभियान सञ्चालन गरिने महाशाखाले जनाएको छ । रासस

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : २३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका