३० श्रावण २०८३, शनिबार | August 15, 2026

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस। जयशङ्कर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

नेपाल र भारतबीच गहिरो ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनस्तरीय सम्पर्क तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै सन्देशमा उनले आगामी दिनमा नेपाल–भारतबीचको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

नेपाल र भारतबीच शताब्दीयौँदेखि रहँदै आएको पारस्परिक सद्भाव, सांस्कृतिक निकटता र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्दै शुभकामना सन्देशमा साझा हितका क्षेत्रमा सहकार्य विस्तार हुँदै जाने अपेक्षा पनि मन्त्री खनालले गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ११ : ५१ बजे

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा