१ भदौ २०८३, सोमबार | August 17, 2026

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार



काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू घोषणा गरिएको छ।

यसपटक १६ जना उपभोक्ताले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने एक जना उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।

बम्पर उपहारतर्फ गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ता विजेता बनेका हुन्।

सामान्य मूल्यको सामान खरिद गरेका ती उपभोक्ताले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार हात पारेका हुन्।

कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने, व्यवसायीलाई करसम्बन्धी दायित्व पूरा गर्न प्रोत्साहित गर्ने तथा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदै आएको छ।

कार्यक्रमअन्तर्गत उपभोक्ताले खरिद गरेको सामान वा सेवाको आधिकारिक बिलमार्फत पुरस्कारका लागि सहभागी हुने अवसर पाउँछन्। यसले उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्नुका साथै व्यवसायीलाई पनि कारोबारको सही विवरण राख्न उत्प्रेरित गर्ने अपेक्षा अर्थमन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  ४ : ११ बजे

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको