३ भदौ २०८३, बुधबार | August 19, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत परेको छ भने विपक्षमा १५ मत खसेको छ। मत विभाजनमा ४६ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए।

मुख्यमन्त्री भट्टको पक्षमा सत्तारुढ नेकपाका २० र नेकपा एमालेका ११ सांसदले मतदान गरेका छन्। विपक्षमा नेपाली कांग्रेसका १४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक सांसदले मतदान गरेका छन्। कांग्रेसका तीन सांसद भने मतदानमा सहभागी भएनन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सांसद छन्। त्यस्तै नेपाली कांग्रेसका १७ र राप्रपाका एक सांसद छन्। प्रदेशसभाका दुई सिट रिक्त छन्।

नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमति बनेपछि तत्कालीन मुख्यमन्त्री तथा कांग्रेस नेता कमलबहादुर शाहले पदबाट राजीनामा दिएका थिए।

सत्ता समीकरण परिवर्तनसँगै मुख्यमन्त्री बनेका भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएसँगै सरकार सञ्चालनका लागि संवैधानिक आधार थप बलियो भएको छ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ३ : ५५ बजे

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका