५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत परेको छ भने विपक्षमा १५ मत खसेको छ। मत विभाजनमा ४६ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए।

मुख्यमन्त्री भट्टको पक्षमा सत्तारुढ नेकपाका २० र नेकपा एमालेका ११ सांसदले मतदान गरेका छन्। विपक्षमा नेपाली कांग्रेसका १४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक सांसदले मतदान गरेका छन्। कांग्रेसका तीन सांसद भने मतदानमा सहभागी भएनन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सांसद छन्। त्यस्तै नेपाली कांग्रेसका १७ र राप्रपाका एक सांसद छन्। प्रदेशसभाका दुई सिट रिक्त छन्।

नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमति बनेपछि तत्कालीन मुख्यमन्त्री तथा कांग्रेस नेता कमलबहादुर शाहले पदबाट राजीनामा दिएका थिए।

सत्ता समीकरण परिवर्तनसँगै मुख्यमन्त्री बनेका भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएसँगै सरकार सञ्चालनका लागि संवैधानिक आधार थप बलियो भएको छ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ३ : ५५ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय