२७ आश्विन २०८३, मंगलबार | October 14, 2026

सीमा सुरक्षा सुदृढ गर्न नेपाल-भारतबीच विशेष सूचना आदानप्रदान टोली गठन गर्ने सहमति



जनकपुरधाम । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समन्वयात्मक बैठक सम्पन्न भएको छ।

महोत्तरीको जलेश्वरमा शनिबार सम्पन्न बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि संयुक्त गस्ती विस्तारसँगै विशेष सूचना आदानप्रदान टोली गठन गर्ने सहमति भएको हो।

बैठकमा सहभागी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई थप क्षेत्रमा विस्तार गर्ने र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिबारे तत्काल सूचना आदानप्रदान गर्ने विषयमा सहमति भएको छ।

बैठकमा सीमा अपराध नियन्त्रण तथा रोकथाम, लागूऔषधको ओसारपसार नियन्त्रण, सीमा स्तम्भको सुरक्षा तथा मर्मत, अवैध हातहतियारको ओसारपसार नियन्त्रण र सीमामा हुने अन्य आपराधिक गतिविधिका विषयमा छलफल भएको यादवले जानकारी दिए।

भारतको सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानियाले दुवै देशका सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरी सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने सहमति भएको बताए। उनले यसबाट आगामी दिनमा सीमा सुरक्षा व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरे।

सुलतानियाका अनुसार लागूऔषध नियन्त्रण, मानव तस्करी, सीमा सुरक्षा, सीमा स्तम्भको मर्मतसम्भार, बाढी नियन्त्रणलगायतका विषयमा पनि बैठकमा छलफल भएको थियो। विशेषगरी लागूऔषध नियन्त्रण र सुरक्षा सम्बन्धी सूचना छिटो आदानप्रदान गर्न विशेष टोली गठन गर्ने विषयमा सहमति भएको उनले बताए।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी यादवको अध्यक्षतामा भएको बैठकमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेस सागर, सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानिया र सीतामढीका प्रहरी उपरीक्षक अमित रञ्जनलगायत नेपाल र भारतका सुरक्षा अधिकारीहरूको सहभागिता थियो।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  ८ : ५० बजे

यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने

काठमाडौँ । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो