१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए



चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ । उनले भने, “विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुप¥यो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई कपाल छोटो बनाउन भन्दा मान्दैन । जबरजस्ती गर्नुभएन ।”

भरतपुर-१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ । उनी कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडेको बताउँछन । उनले भने, “ठूलो छोरालाई कपाल काट्न भन्न छाडेँ, कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छाड्यो ।”

यी प्रतिनिधिपात्र मात्रै हुन्, पछिल्लो समय अधिकांश अभिभावकको गुनासो ‘छोराहरुले कपाल छोटो बनाउनै मान्दैनन्’ भन्ने नै हुने गरेको छ । विद्यालय र उच्च शिक्षा तह अध्ययनरत गरेका विद्यार्थीहरू लामो कपाल पाल्न सौखिन हुन थालेका छन् । कतिपयले त लामो कपाल मिलाउन (कोर्न)समेत इन्कार गर्ने गर्दछन् । जस्तो छ उस्तै छाड्ने उनीहरूको बानी हुने गरेको छ ।

विद्यालयहरूले कपाल काट्न दबाब दिन नहुने भएपछि यस्ता विद्यालयले अभिभावकको साहारा लिन थालेका छन् । विद्यार्थीले कपाल काट्न दबाब दिएको जनाउँदै हेलो सरकार र प्रहरीमा समेत उजुरी दिने गरेको पाइएको छ । भरतपुर महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख सुवास आचार्य विद्यार्थीहरूले विद्यालयले दबाबमा कपाल काट्न लगायो भनेर हेलो सरकारमा उजुरी दिने गरेको आफू कहाँ जानकारी आएको बताए ।

उनका अनुसार विशेष गरेर हजुरबुबा आमासँग बस्ने, होस्टल (आवास)मा बस्ने र अभिभावकभन्दा टाढा रहेका विद्यार्थीले कपाल छोटो बनाउन नमान्ने गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरी विद्यार्थीलाई कपाल काट्न भन्न छाडेको बताउँछन । निजी विद्यालय विरुद्ध हेलो सरकारमा उजुरी परेको जनाउँदै उनले देशभरका ३५ भन्दा बढी विद्यालयविरुद्ध विद्यालयले जबर्जस्ती कपाल काट्न लगाउने गरेको उजुरी परेको जानकारी पाएको बताए ।

उनले भने, “अहिले कपाल काट्ने विषयमा केही गर्न सक्ने अवस्था नै छैन । कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीमा यस्तो अवस्था छ ।”

सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औँ संशोधन)मा जबर्जस्ती विद्यार्थीको कपाल काट्न नपाउने व्यवस्था राखिएको छ । विद्यालयहरूले विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने र काट्न लगाउने गरेको गुनासो आएपछि सरकारले ऐनमा नै यो व्यवस्था गरेको हो ।

नियमावलीको नियम २५ मा कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न गराउन नदिने भनिएको छ । विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाइने नियमावलीमा उल्लेख गरिएको छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा सुरेन्द्र घिमिरे पहिलेपहिले विद्यार्थीहरू क्याम्पस पढ्ने समयमा मात्रै चलचित्र हेरेर विश्वका गतिविधि थाहा पाउने र सोको सिको गर्ने भए पनि अहिले सानै उमेरदेखि विश्वका गतिविधि देख्न पाउँदा त्यसप्रति नक्कल गर्ने झुकाव बढेको बताउँछन । उनले भने, “नक्कल गर्ने मानिसको नैसर्गिक गुण हो । जे चिज ‘सेलिब्रेटी’ले गर्छन्, त्यसको नक्कल उनीहरूले गर्न चाहन्छन् ।”

इन्टरनेट र सामाजिक सञ्जालको पहुँच सानै उमेरदेखि हुँदा अहिले किशोर अवस्थादेखि नै त्यसको सिको गर्न थालेको उनको बुझाइ छ । उनले भने, “बच्चाले मोबाइलमा सेलिब्रेटी देखेको छ, पहिले ठूलो भएपछि देख्थ्यो, अहिले त्यो उमेर तल झरेको छ ।” कपाल पाल्ने, नराम्रो होइन ।” यद्यपि कपाल पाल्दै गर्दा त्यसको स्याहारसुधारमा लाग्ने खर्च र समयका कारण पढाइमा पर्ने असर भने कायमै रहेको उनी बताउँछन ।

घर, विद्यालय सबैतिरबाट किशोरावस्थामा कपाल नपाल्न आग्रह गरिए पनि नटेर्नुलाई भने आज्ञाकारिताविरुद्धको साङ्केतिक विरोधका रूपमा लिन सकिने उनी बताउँछन । विशेषगरी विद्यालय तथा कलेज तहका किशोरहरू छोटो कपालको परम्परागत शैलीभन्दा फरक, आफूलाई आकर्षक र आधुनिक देखाउने शैलीतर्फ आकर्षित हुन थालेको देखिन्छ । सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत तथा विदेशी फेसनको प्रभावले यो प्रवृत्तिलाई थप बढावा दिएको पाइन्छ ।

कपाल लामो हुँदा सफा गर्न गाह्रो हुने, दैनिक हेरचाहामा समय खर्च गर्नुपर्ने, खर्चिलो हुने र स्याहार सुधार गर्न नसकेमा जुम्रा, चाया परेर स्वास्थ्यमा असर पार्ने विज्ञहरु बताउँछन् । धेरै लामो वा बाक्लो कपालमा पसिना र फोहर जम्ने हुँदा विशेषगरी गर्मीमा समस्या हुने गर्दछ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ८ : २१ बजे

भारतीय विदेश सचिव मिश्रीले आज प्रधानमन्त्री बालेनसँग भेट्दै

काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले

एनपीएलमा आज लुम्बिनी-जनकपुर र काठमाडौं-विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई

बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५१ लाख

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

‘चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्नुपर्ने’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत्