१३ असार २०८३, शनिबार | June 27, 2026

दुग्ध विकास संस्थानको गोदाममा १६ करोड मूल्य बराबरको म्याद नाघेको बटर



काठमाडौं । सरकारकै महत्वपूर्ण खाद्य निकाय दुग्ध विकास संस्थान (डीडीसी)को गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको लेवल नभएको र म्याद नाघेका बटर भेटिएको छ ।

काठमाडौं महानगरपालिकाको कृषि विभागको अनुगमनका क्रममा डीडीसी गोदाममा त्यति ठूलो परिणाममा म्याद नाघेका उक्त सामाग्री फेला परेको हो ।

वितरण आयोजनामा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर भेटिएको विभाग प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए । एक किलो बटर सर्वसाधारणका लागि ८५० रुपैयाँ पर्छ । डिलरहरुका लागि भने ७८० रुपैयाँ पर्छ ।

भण्डारीले भने, ‘बटरलाई २५/२५ किलोको कार्टुनमा राखिएको छ तर कार्टुनमा लेबल छैन । केही कार्टुनमा भएको लेबलको म्याद समाप्त भएको छ ।’

तर डीडीसीले भने म्याद नाघेको कुनै वस्तु नराखेको दाबी गरेको छ । सुजल डेरीबाट खरिद गरिएको सबै बटर माइनर २० डिग्री सेन्टिग्रेडमा भण्डारण गरिएको डीडीसीले जनाएको छ । उचित भण्डारण गर्दा १८ महिनासम्म घिउ बनाउन सकिने डीडीसीको बालाजु आयोजना प्रमुख गोविन्द जोशीले बताएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १ : ३८ बजे

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष

फिफा विश्वकप : नर्वेलाई हराउदै फ्रान्स समूह आइको विजेता

काठमाडौं । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा