९ कार्तिक २०८३, सोमबार | October 26, 2026

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज आङदेम्बेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।  ‘जेनजी’ विद्रोहको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका हुन् ।

आन्दोलनका क्रममा जीवन गुमाएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीहरूप्रति सम्मान व्यक्त गरेका छन्।

नेता आङदेम्बेले एक वर्षअघि युवाहरू भ्रष्टाचार, बेथिति, कुशासन र निराशाविरुद्ध सुशासन, पारदर्शिता र अवसरको खोजीमा सडकमा उत्रिएको स्मरण गराएका छन्। २३ भदौमा तत्कालीन सरकारबाट भएको अत्यधिक बल प्रयोग तथा २४ भदौमा भएका आगजनी, तोडफोड र विध्वंसका घटनामा संलग्न जोकसैलाई पनि राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा उन्मुक्ति दिन नहुने कांग्रेसको स्पष्ट धारणा रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति मार्फत प्रधानमन्त्रीलाई प्रश्न गर्दै उनले युवाहरूले खोजेको सुशासन, पारदर्शिता, रोजगारी र विदेश पलायन रोक्ने ठोस कार्यक्रम कहाँ छ ? भन्दै जवाफ मागेका छन्। ‘जेनजी’ को बलिदानलाई सत्ता प्राप्तिको भर्‍याङ मात्र नबनाउन आग्रह गर्दै उनले सरकारलाई व्यक्ति नभई व्यवस्था सञ्चालनको संस्कार परिवर्तन गर्न र नागरिकका आलोचनालाई शत्रुको बोली नठान्न सचेत गराएका छन्।

सहिदको सपना कुनै दल वा व्यक्तिको निजी सम्पत्ति नभएकाले राज्यको नीति र शासन व्यवहारमै रूपान्तरण गर्न तथा घाइतेहरूको दीर्घकालीन उपचार र पुनःस्थापनाको सुनिश्चितता गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ११ : ०३ बजे

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता

पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा

प्रधानमन्त्री शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन, पहिलो खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको

कुसुन्तीको आकाशेपुल : ‘युनिक आर्किटेक्चर’, सुरक्षित र सहज यात्राको अपेक्षा (फोटोफिचर)

ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुर महानगरपालिका–१३, कुसुन्ती हाइटस्थित चक्रपथमा लिफ्टसहितको