२७ भदौ २०८३, शनिबार | September 12, 2026

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण



नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ जन्मजयन्तीको अवसरमा नेपालगन्जमा पत्रकारका लागि निःशुल्क मिर्गौला परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको समन्वय तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको प्राविधिक सहयोगमा शनिबार पत्रकारका लागि निःशुल्क मिर्गौला परीक्षण शिविर आयोजना गरिएको हो । शिविरमा ७० जना पत्रकारहरुले मृगौला परीक्षण गराएका छन् ।

शिविर संचालन पूर्व प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’ को स्मरणमा सेन्ट्रल सिटी हस्पिटल परिसरमा चाचाजीको तस्वीरमा माल्यार्पण गर्दै मौनधारण गरिएको थियो । सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले स्वर्गीय पन्नालाल गुप्ताले पत्रकारितासँगै लोकतन्त्र, प्रजातन्त्र र सामाजिक न्यायका लागि पुर्‍याएको योगदानको स्मरण गरे । उनले स्वर्गीय गुप्ताको योगदानलाई चिरस्थायी बनाउन शालिक स्थापना तथा चोक र सडकको नामकरणका लागि सबै पक्ष एकताबद्ध भएर पहल गर्नुपर्नेमा जोड दिए ।

पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानका अध्यक्ष, नेपालगन्जका पूर्व नगर प्रमुख तथा वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ताले आफ्ना पिता पन्नालाल गुप्ताले जीवनभर पत्रकारितालाई नै मुख्य पेशा बनाएर समाज र लोकतन्त्रका लागि योगदान गरेको स्मरण गरे ।

कार्यक्रममा वरिष्ठ युरो सर्जन तथा स्वर्गीय गुप्ताका नाति डा. दिपेश गुप्ताले मिर्गौलाको स्वास्थ्य, मिर्गौला रोगबाट बच्न अपनाउनुपर्ने सावधानी तथा नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे जानकारी गराएका थिए ।

सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले दिनरात पत्रकारिता कर्ममा खटिने पत्रकारको स्वास्थ्य अवस्था संवेदनशील हुने भएकाले महासंघले पत्रकारको स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको बताए । ‘गत वर्ष पनि हामीले स्वर्गीय पन्नालाल गुप्ताको जन्मजयन्तीको अवसरमा पत्रकारको निःशुल्क मुटु परीक्षण गरेका थियौँ । यस वर्ष मिर्गौला परीक्षण कार्यक्रम राखेका हौँ,’ उनले भने । अध्यक्ष गिरीले स्वर्गीय गुप्ताले नेपाली पत्रकारितामा स्थापित गरेको निष्ठा, सादगी र व्यावसायिक प्रतिबद्धता आजका पत्रकारका लागि समेत अनुकरणीय रहेको बताए । उनले गुप्तालाई ‘सन्त पत्रकार’का रूपमा स्मरण गर्दै उनको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले स्वर्गीय पन्नालाल गुप्ता नेपाली पत्रकारिता क्षेत्रका अथक योद्धा भएको बताए । उनले नेपाली पत्रकारितामा गुप्ताले पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गरे । नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम थारुले सञ्चालन गरेको कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

स्वर्गीय गुप्ता नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति तथा नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष समेत हुन् । उनको जन्मजयन्तीको अवसरमा हरेक वर्ष पत्रकारको स्वास्थ्य परीक्षण लगायत विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  ६ : २७ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी