२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कुष्ठरोगको उपचार पुरा गरेका नागरिकलाई स्थानीय सरकारको जुत्ता



नेपालगन्ज । बाँकेमा कुष्ठरोग उपचार पुरा गरेका नागरिकलाई स्थानीय तहले जुत्ता वितरण गरेको छ । जिल्लाको डुडुवा गाउँपालिकामा कुष्ठरोग उपचार पुरा गरेका नागरिकलाई डुडुवा गांउपालिकाले जुत्ता वितरण हो । गाउँपालिका स्वास्थ्य गाउँपालिका अन्र्तगत रहेका २९ जना उपचार पुरा गरेका कुष्ठरोगीलाई जुत्ता वितरण गरेको थियो ।

जुत्ता वितरण गर्दै गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले कुनै पनि नागरिकले रोग लुकाउन नहुने भन्दै रोगको निदान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने– ‘रोग सबैलाई लाग्न सक्छ, तर त्यसलाई लुकाएमा ज्यान जान सक्छ, स्वास्थ्य समस्याका बारेमा खुलेर प्रस्तुत हुनपर्छ ।’ अध्यक्ष चौधरीले गाउँपालिकाका नागरिकलाई स्वास्थ्य समस्या आउन नदिनका लागि निशुल्क गुणस्तरिय स्वास्थ्य सेवासंगै निशुल्क प्रयोगशालाको व्यवस्थापन गरेको भन्दै जटिल समस्या बाहेक सम्पुर्ण रोगको उपचार तथा औषधी वितरण गाउपालिकास्तरमा हुने गरेको जानकारी दिए ।

कुष्ठरोगका कारण शारिरिक अवस्था कमजोर भएकाहरुका लागि हिड्डुल तथा आवत जावतमा सहज र जटिलताबाट जोगाउनका लागि जुत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

 

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ११ : ०३ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ