३० भदौ २०८३, मंगलबार | September 15, 2026

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा



काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भङ्ग गर्ने, लागुऔषध तथा यौनजन्य गतिविधिका लागि दुरुत्साहन गर्ने र बिचौलियाका रूपमा काम गर्ने ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक एवं सर्वसाधारणलाई लागुऔषध तथा यौनजन्य गतिविधिमा संलग्न हुन दुरुत्साहन गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको गुनासो बढेपछि प्रहरीले विशेष निगरानी तथा कारबाही गरेको थियो । सो क्रममा सार्वजनिक मर्यादा तथा शान्ति भङ्ग गर्नसक्ने आशङ्का देखिएका ५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएकामध्ये प्रारम्भिक छानबिन तथा अनुसन्धान गर्दा १३ पुरुष र २२ महिलाको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार छानबिनपश्चात् संलग्नता देखिएका निज ३५ केही रात्रिकालीन व्यवसायमा बिचौलियाका रूपमा काम गर्ने, लडाइँ–झगडा गर्ने तथा अन्य अनैतिक क्रियाकलापमार्फत सार्वजनिक मर्यादा एवं शान्ति भङ्ग गर्ने गतिविधिमा संलग्न रहेको पाइएको छ ।

प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  १० : १५ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज