११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

अत्यधिक बर्षाका कारण भारतको तेलंगानामा १२ को मृत्यु



हैदराबाद । भारतको तेलंगाना राज्यमा अत्यधिक बर्षापछिका घटनामा परी थप कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

राज्यका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

चन्द्रयाँगुत्ता प्रहरी कार्यालयको दुई ओटा पर्खाल भत्किएर भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

त्यसैगरी एक जना ४० बर्षीया महिला र उहाँकी छोरीको इब्राहिमपत्नाममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको आफ्नै घरको छतले च्यापिएर मृत्यु भएको हो ।

प्रहरी अधिकारीहरुले प्रदेशका धेरै ठाउँमा घर तथा पर्खाल भत्कीने, बाढी पहिरो जानेलगायतका घटनाहरु भएको जनाएका छन् । ती घटनाहरुमा परी अरु धेरै मानिस घाइते भएको विवरणहरु प्राप्त भइरहेको पनि प्रहरी अधिकारीहरुले बताएका छन् ।

घटनामा परेकाहरुको उद्धार तथा सहयोगका लागि हैदरावाद लोक सभाका सदस्य असादुद्दीन ओवैसीले अनुगमन गरिरहनु भएको जनाइएको छ ।

प्रहरी र उद्धारकर्ताहरुले बाढी, पहिरोलगायतका घटनाका कारण प्रभावित र विस्थापितहरुलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेका छन् ।

प्रदेशभरीमा औसतमा ९८.९ मिलिमिटर पानी परेको मौसम विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ५ : ०५ बजे

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २

तोलामा ३२ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि उकालो लागेको

दुई समुदायबीच झडपको आशंकापछि वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँरवीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक