२९ मंसिर २०८२, सोमबार | December 15, 2025

तातोपानीमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट स्थापना



सिन्धुपाल्चोक । चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको छ ।

गत असार २९ को मन्त्रिपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितिमा भोटेकोसी गाउँपालिका-२ तातोपानीमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो ।

बिओपीको लागि तत्कालीन सीमास्थित सशस्त्र प्रहरी बल २२ नं गुल्म हेडक्वाटर (राजश्व-भन्सार गस्ती सुरक्षा)को एक ब्यारेक, शौचालय, भवन प्रयोगमा ल्याइएको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय छेउमा राखिएको बिओपीले सीमा सुरक्षामा गस्ती गर्नेछ ।

बुधबार नायब महानिरीक्षक श्रेष्ठसँगै सशस्त्र प्रहरी उपरीक्षक अर्जुन खत्री, नेपाली सेना झिर्पू सुरक्षा गुल्मपति सेनानी ईश्वर गिरी, सीमा प्रहरी चौकी कोदारी प्रहरी निरीक्षक नवराज सापकोटासहित उच्च सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी तातोपानी ‘बिओपी’ सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठकाअनुसार सीमासुरक्षासम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी पाएको बिओपीले दैवी प्रकोप उद्धार कार्यमा पनि खट्नेछ । रासस

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ७ : २३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले