८ आश्विन २०८३, बिहिबार | September 24, 2026

डोल्पा विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको पांग्रा खुस्कियो



काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पांग्रा खुस्किएको छ । जहाजमा रहेका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट १३ जना यात्रु लिएर डोल्पा पुगेको जहाज आज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडितर्फको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

जहाजमा सात जना विदेशी र छ जना नेपाली गरी १३ जना यात्रु रहेका थिए । यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेको प्रहरीले जनाएको छ । पांग्रामा समस्या देखिए पनि जहाजमा सवार सबै यात्रु सकुशल रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।

पांग्रा खुस्किएपछि जहाज अहिले धावनमार्गमै रहेको छ । जहाजमा प्राविधिक टोलीले जाँच गरिरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताइन् ।

जहाजमा देखिएको समस्या सामान्य रहेको र यात्रु तथा चालक दलका सदस्य सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ९ : ५८ बजे

५९ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (असोज ८ गते)

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

काठमाडौँ । अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान

राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ

डोल्पा विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको पांग्रा खुस्कियो

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको