२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

आज इन्द्रजात्रा पर्व मनाइँदै



काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गर्दै आज इन्द्रजात्रा पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा काठमाडौं उपत्यकासहित धुलिखेल, दोलखालगायतका स्थानमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा औपचारिक रूपमा सुरु हुने परम्परा छ । लिंगो ठड्याउने विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ ।

इन्द्रजात्राका अवसरमा विभिन्न देवीदेवताका पूजा, नाचगान, रथयात्रा तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिन्छ । जात्रा आठ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिका साथ मनाउने प्रचलन रहेको छ ।

इन्द्रध्वजासहितको लिंगोको फेदमा भैरवको पूजा गर्ने परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि त्यसको खुसीयालीमा विजय उत्सवका रूपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ ।

नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको इन्द्रजात्रा धार्मिक आस्था, संस्कृति, परम्परा र ऐतिहासिक महत्वसँग जोडिएको पर्वका रूपमा मनाइँदै आएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ८ : १९ बजे

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

महोत्तरी । मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको

आज यमपञ्चकको अन्तिम दिन, भाइटीका (किजापूजा) मनाईँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका (किजापूजा)

ठाउँ ठाउँमा मनाइयो नेपाल संवतको नयाँ वर्ष

काठमाडौँ । चन्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ

दशौँ राष्ट्रिय खेलकुद : प्राविधिक समितिबाट खेल तालिका अनुमोदन्, ४ खेल कर्णाली बाहिर

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका