१० आश्विन २०८३, शनिबार | September 26, 2026

देशभर आकस्मिक बाढीको जोखिम, ६० भन्दा बढी जिल्लामा सतर्कता अपनाउन आग्रह



काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले अधिकांश साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पूर्व तथा पश्चिम, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेलधुरालगायत जिल्लामा बहने स-साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, दाङ, अर्घाखाँची, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालीकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला र बैतडीलगायत जिल्लामा बहने स-साना नदी तथा खोलामा पनि बहाव बढ्ने सम्भावना रहेको छ ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । शनिबार बिहानको मापनअनुसार कोसी र नारायणी तथा तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ ।

त्यस्तै, वाग्मती, पश्चिम राप्ती, बबई तथा तिनका सहायक नदीहरूमा पानीको बहाव सतर्कता तह नजिक पुगेको महाशाखाले जनाएको छ । देशका अन्य नदीमा भने जलसतह सतर्कता तहभन्दा तल रहेको बताइएको छ ।

वर्षा जारी रहेकाले नदी तथा खोलाको जलसतह थप बढ्न सक्ने भन्दै बाढीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ११ : १२ बजे

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका

देशभर आकस्मिक बाढीको जोखिम, ६० भन्दा बढी जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन

काठमाडौं भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् ।

‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक’

काठमाडौं । नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ