१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

तिनाउमा आएको बाढीले बुटवलमा ६ घर बगायो, दुई सयभन्दा बढी घर जोखिममा



बुटवल । तिनाउ नदीमा आएको बाढीले रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ स्थित टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ । शनिबार राति नदीमा पानीको बहाव बढेपछि दुईवटा पक्की र चारवटा कच्ची घर बाढीले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बाढीले टप मझुवा क्षेत्रमा रहेका घरहरू बगाएको हो । बाढीबाट मानवीय क्षतिको विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण तिनाउ नदीसहित आसपासका खोलानालामा पानीको सतह बढेपछि बुटवलको नदी तटीय क्षेत्रमा जोखिम उच्च बनेको थियो । नदी किनारमा रहेका करिब दुई सय घर बाढी तथा डुबानको जोखिममा परेको प्रहरीले जनाएको छ ।

जोखिम बढेपछि स्थानीय प्रशासन, प्रहरी तथा अन्य सुरक्षा निकायले रातिदेखि नै उद्धार तथा स्थानान्तरणको काम अघि बढाएका थिए । बुटवल-११ मझुवा क्षेत्रका उच्च जोखिममा रहेका करिब एक हजार स्थानीयलाई प्रारम्भिक रूपमा दुर्गा मन्दिरस्थित होल्डिङ सेन्टरमा सारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

होल्डिङ सेन्टरमा राखिएका स्थानीयलाई थप सुरक्षित व्यवस्थापनका लागि देवीनगरस्थित नवीन औद्योगिक माध्यमिक विद्यालय, रिता कदर माध्यमिक विद्यालय, उजिरसिंह माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालयलगायत स्थानमा स्थानान्तरण गरिएको थियो ।

स्थानीयलाई सुरक्षित स्थानमा सारिएपछि सुरक्षाकर्मीहरू जोखिमयुक्त क्षेत्रमा परिचालन गरी उद्धार, निगरानी तथा आवश्यक समन्वयमा जुटेका थिए ।

बुटवल क्षेत्रमा शनिबार साँझ करिब ७ बजेदेखि मध्यरातसम्म अत्यधिक वर्षा भएको थियो । लगातारको वर्षासँगै तिनाउ नदीको बहाव बढेपछि नदी आसपासका बस्तीमा जोखिम बढेको हो ।

अहिले वर्षा रोकिए पनि नदी तथा आसपासका खोलामा पानीको बहाव र तटीय क्षेत्रको अवस्थालाई निगरानीमा राखिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन स्थानीयलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ७ : २७ बजे

जखेरा तालमा डुबेर बालिकाको मृत्यु

दाङ । लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने

तिहारको साइत : कात्तिक २५ गते ११ः०७ बजे भाइटीका उत्तम, २४ गते ‘म्ह’ पूजा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको

लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त

काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

काठमाडौँ । गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कानुन